Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

कोशीमा ट्राफिक सप्ताह सुरु

उद्‌घोष संवाददाता
९ असार २०८२, सोमवार

विराटनगर । कोशी प्रदेशमा शुक्रबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । 

कोशी प्रदेश सरकारको सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले प्रदेशभरी सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख सन्तोष श्रेष्ठले आर्थिक वर्ष २०८१–८२ को साउनदेखि जेठसम्मको ११ महिनामा ३ सय ८१ जनाको ज्यान गएको जानकारी दिए । 

यस्तो दुर्घटना मध्ये ८० प्रतिशत दुर्घटना दुई पांग्रे सवारी साधन पर्ने गरेको जनाइएको छ । 

दुर्घटनामा परेर अकालमा ज्यान जाने तथा अंगभंग भएर कष्टपूर्ण जीवन बिताउनु पर्ने अवस्थालाई ध्यान दिन आग्रह गरेका थिए ।

सप्ताहको उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी लगायतको उपस्थिति  थियो ।

View : 329

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved