Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

जेनजीका प्रदर्शनकारीद्वारा विराटनगर महानगरपालिकामा ढुंगा प्रहार

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

विराटनगर । जेनजी समुहका प्रदर्शनकारीले विराटनगर महानगरपालिकामा ढुंगा हानेका छन् । हस्पिटल चोकमा प्रहरीको अवरोध भएपछि उनीहरू उत्तरतर्फ जिल्ला प्रशासन कार्यालयतिर लागेका थिए ।

त्यहाँबाट महानगरपालिकातिर मोडिएका प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि राखिएको ब्यारिकेट तोडेर महानगरपालिकाको कार्यालयतिर जाने क्रममा उनीहरूले कार्यालयमा ढुंगामुढा गरेका हुन् । 

प्रदर्शनकारीले महानगरपालिकाको पश्चिमपटि रहेको गेटमा बसेका सुरक्षाकर्मीलाई ठेलेर महानगरको कार्यालयमा प्रवेश गर्न खोजेका थिए । प्रहरीले रोकेपछि उनीहरू ढुंगा हानेका हुन् ।

प्रदर्शनकारीहरूले मालपोत कार्यालयभित्र पसेर नाराबाजी गरेका छन् ।

View : 401

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved