Biratnagar, Morang, Nepal
२१ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट मेलामा ‘व्यापार देखि व्यापार’ सम्मको व्यवस्था

उद्‌घोष सम्वाददाता
२ माघ २०८१, बुधवार

विराटनगर । आउँदो माघ १२–२० मा विराटनगरको स्नातकोत्तर क्याम्पसमा हुने व्यापार मेलामा ‘व्यापार देखि व्यापार’ सम्मको अवधारणालाई आयोजक उद्योग संगठन मोरङले मूर्त रुपमा प्रस्तुत गर्ने भएको छ । 

मेलामा एउटा छुट्टै पण्डालको व्यवस्था गरेर संगठनले व्यवसाय गर्न उत्साह बोकेर आउने आगन्तुकलाई तत्कालै सहजीकरण गर्न ‘व्यापार देखि व्यापार’ सम्मको अवधारणा अघि सारेको हो ।

यसरी अलग्गै व्यवस्था गरिएको ‘व्यापार देखि व्यापार’ सम्मको पण्डालमा व्यवसाय कसरी सुरु गर्न सकिन्छ, त्यसका लागि के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भन्ने जस्ता विषयमा मन्थन हुने बताइएको छ । त्यस्तै यसले व्यावसायिक सहकार्य तथा साझेदारी वातावरण पनि सिर्जना गर्ने बताइएको छ । यस प्रकारको मन्थन भौतिक र विद्युतीय दुवै माध्यमबाट हुने आयोजकले जनाएको छ ।

‘व्यापार देखि व्यापार’ सम्मको अलग्गै व्यवस्थाले उद्योग तथा व्यवसाय विस्तारको औद्योगिक चक्र अभिवृद्धि हुने संगठनको विश्वास छ । संगठनका अनुसार, विशेषगरी साना तथा मझौला व्यावसायीका लागि यो महत्वपूर्ण हुनेछ । 

विशेषगरी छरिएर रहेका लघु तथा घरेलु एवम् साना उद्योग, नवप्रवर्तन उद्योगहरूको उत्पादनको बजार खोजी गर्न, ठुला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गराउनेदेखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामग्री सहज रुपमा प्राप्त गर्न सहजीकरण गर्नका लागि यो अवधारणा अघि सारिएको मेला आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

यो अवधारणाअन्र्तगत ‘विद्युतीय प्लेटफार्म’मा उद्यमी व्यवसायीहरूले आफ्नो चाहाना र आवश्यकता प्रविष्ट गरेपछि प्रणालीले अर्को त्यस्तै सामाग्री खोज्ने वा आपूर्ति गर्ने, उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खानेगरी स्वचालित प्रणालीले नै सहजीकरण गरिदिने संगठनले जनाएको छ ।

View : 193

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved