Biratnagar, Morang, Nepal
२१ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार

उद्‌घोष सम्वाददाता
२० वैशाख २०८२, शनिवार

विराटनगर । विराटनगरका पत्रकार किशोर बुढाथोकीलाई एक लाख एक सय रुपैयाँ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०८१ प्रदान गरिएको छ । 

नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार बुढाथोकीलाई उक्त पुरस्कार प्रदान गरेको हो । बुढाथोकीले १ लाख १०० रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेका हुन् ।

सोही अवसरमा षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार एवं सूचनाको हकका अभियन्ता सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि २५ हजार २५ रूपैयाँ रहेको छ ।

पुरस्कृत पत्रकारहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कार राशी हस्तान्तरण गरेका हुन् ।

पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा आयोजित पुरस्कार वितरण कार्यक्रममा महासंघ पूर्वअध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्मालाई सम्मानित गरिएको थियो । सोही अवसरमा महासंघ मोरङले प्रकाशन गरेको ‘क्यालेन्डर’ समेत सार्वजनिक गरिएको थियो । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश काेइराला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, महास‌ंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, पूर्व अध्यक्षहरु विक्रम लुईटेल, लिलाबल्लभ घिमिरे लगायतले शुभकामना दिएका थिए ।

View : 68

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved