विराटनगर । महिला पतञ्जली योग समिति मोरङको पुनर्गठन गरिएको छ । पुनर्गठिनबाट सुची चौधरीको अध्यक्षतामा शनिबार विराटनगरमा नयाँ समिति गठन गरिएको हो ।
एक्काइस सदस्यीय पुनर्गठित समितिको उपाध्यक्षद्वयमा शारदा थापा र मञ्जु कटेल, महामन्त्री सुभाष बिष्ट खतिवडा, संगठन मन्त्री यशोदा पराजुली, कोषाध्यक्ष ज्ञानु न्यौपाने बोगटी, सचिव सरस्वती दाहाल, प्रशिक्षण अध्यक्ष अरुणा विश्वास, सञ्चार प्रभारीमा मिरा नेपाल छन् ।
सदस्यहरू नीलम आचार्य, मीना श्रेष्ठ, निर्मला बस्नेत, जानुका प्याकुरेल, दिलु लामा, दीपा लुइटेल, शारदा भण्डारी दाहाल, संगीता कार्की, अञ्जना थापा, कमला थापा, सञ्चिता कार्की, सविता थापा चयन भएका छन् ।
समितिको सल्लाहकारमा लक्ष्मी चौधरी, बिनु सापकोटा, उर्मिला सुवेदीलाई चयन गरिएको छ ।
महिला पतञ्जली योग समिति नेपालकी केन्द्रीय सदस्य तथा कोशी प्रदेशकी सह–प्रभारी शान्ता गौतम, पतञ्जली योग समिति (पयोस) कोशी प्रदेशका महामन्त्री लक्ष्मी काफ्ले तथा महिला पयोस मोरङकी प्रथम अध्यक्ष एवम् कोशी प्रदेशकी वर्तमान सचिव शोभा कोइराला लगायतको उपस्थितिमा महिला पयोस मोरङ पुनर्गठन गरिएको हो ।
View : 661
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved