Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

योगमय बन्दै लेटाङ

उद्‌घोष संवाददाता
१२ साउन २०८२, सोमवार

विराटनगर । योग सिक्न होस् या प्रशिक्षक (शिक्षक) बन्न होस् अब मोरङको लेटाङमा नै हुन सुरु भएको छ । सोमबारदेखि लेटाङमा ७५ योग शिक्षकको रुपमा दीक्षित भएपछि लेटाङ–४ योगमय बनेको छ । यही देखेर लेटाङ वडा नम्बर ४ लाई ‘योग वडा’ को रुपमा विकास गरिने योजनाका साथ काम अगाडि बढिरहको लेटाङ गाउ“पालिकाकी उपमेयर कृष्णकुमारी पोखरेल निरौलाले बताइन् । 

दुई दशक अघिसम्म योग सिक्न होस् वा योग प्रशिक्षक बन्न होस् भारतको हरिद्वार, बनारस या बैङ्लोर पुग्नु पथ्र्यो । तर अहिले मोरङको लेटाङमा नै योगका गतिविधिले तीव्रता पाएको छ । गत बैशाख अन्तिम सातामा लेटाङमा योग शिविर सफलतापूर्वक सञ्चालन गरी उत्साह बढेपछि असार अन्तिम सातादेखि योग शिक्षण प्रशिक्षण शिविर सञ्चालन भई ७५ जना प्रशिक्षित भएका छन् ।

सोमबार भएको योग शिक्षण प्रशिक्षण शिविरको समापन सत्रमा योग पतञ्जली योग समितिका केन्द्रीय सदस्य लोकनाथ खनाल, आजीवन सदस्य चन्द्रमणि गुरागाईं, पतञ्जली योग मोरङ अध्यक्ष सुरेश अग्रवाल, मोरङ महिला अध्यक्ष सूची चौधरी, लेटाङ अध्यक्ष मोहनलाल अधिकारी, महिला अध्यक्ष रेवा उदास लगायतले योगको महत्व बारेमा प्रकाश पारेका थिए । 

मोरङमा पतञ्जलीका १३ सय बढी योग शिक्षक  छन् । 
 

View : 394

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved