Biratnagar, Morang, Nepal
२२ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सेवाका सारथीको लोकार्पण

२२ वैशाख २०८२, सोमवार

सुन्दरहरैंचा । शिक्षाविद् तथा समाजसेवी रामप्रसाद काफलेको जीवनीमा आधारित पुस्तक ‘सेवाका सारथी’ को कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकार्पण गरेका छन् ।

मोरङको सुन्दरहरैंचा–५ नयाँ वृन्दावन गौशालामा आयोजित एक समारोहमा मुख्यमन्त्री कार्कीले पुस्तकको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्वराज्यमन्त्री राजकुमार ओझा, प्रा.डा.टंकप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

काफले सुकुना बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख हुन् । उनी तत्कालीन दुलारी आदर्श गाउँ पञ्चायतको दुई कार्यकाल प्रधानपञ्च समेत भएका थिए । 

नयाँ वृन्दावन गौशालाकी अध्यक्ष गंगादेवी काफले प्रकाशक रहेको उक्त पुस्तक बिक्रीबाट हुने आम्दानी नयाँ वृन्दावन गौशालाको कोषमा राखिने गौशालाका संस्थापक संरक्षक दीनबन्धु शास्त्रीले जानकारी दिए ।

View : 43

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved