Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ओली पक्राउको विरोधमा विराटनगरमा एमालेको प्रदर्शन (फोटो)

उद्‌घोष संवाददाता
१४ चैत २०८२, शनिवार

विराटनगर । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा विराटनगरमा एमाले नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । 

पार्टी कार्यालय पाञ्चालीबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको छ । 

ट्राफिक चोकमा एमालेको र्यालीलाई प्रहरीले रोक्न खोजेपछि झडप समेत भएको छ । 

कोणसभालाई एमाले मोरङका उपाध्यक्ष सागर थापा, केन्द्रीय पर्शुराम बस्नेत लगायतले सम्बोधन गर्दै ओली पक्राउको विरोध गरेका छन् ।

विरोध प्रदर्शनमा एमाले केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, दिलीप वगडिया, एमाले मोरङका सचिव सोमराज थापा, उपसचिव उषा झा, विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरी लगागतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

एमाले विराटनगर महानगर कमिटीको समन्वयमा विभिन्न जनसंगठनका नेता कार्यकर्ताहरू विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

 

View : 826

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved