Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पाँचदिने   योग पुनर्जागरण प्रशिक्षण सम्पन्न

१० वर्षीया बालयोगीले गरिन् गीता वाचन

उद्‌घोष संवाददाता
२५ असोज २०८२, शनिवार

विराटनगर ।  पतञ्जली योग समिति (पयोस) कोशी प्रदेश, विराटनगरको आयोजना तथा पयोस मोरङको व्यवस्थापनमा पाँचदिने   योग पुनर्जागरण प्रशिक्षण शनिबार  सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगर–४, सखुवारेटोलस्थित योगी परिवारको निवासमा सो प्रशिक्षणले योग र अध्यात्ममा नयाँ ऊर्जा सञ्चार गरेको छ।

 

सो प्रशिक्षणमाको विशेष आकर्षण श्रीमदभागवत गीता स्वध्यायन र गीता वाचनसत्र रह्यो। सो सत्रमा १० वर्षीया बालयोगिनी प्राप्ति घिमिरेले धाराप्रवाह रूपमा गीताको  श्लोकहरू मुखाग्रह वाचन गरेर सबैलाई चकित तुल्याइन्। कक्षा ५ मा अध्ययनरत प्राप्ति घिमिरेको  प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध तुल्यायो। प्रशिक्षणमा प्राप्तिले पहिलो अध्यायको श्लोक संख्या १ देखि २५ औं श्लोक मुखाग्र सुनाएका थिइन् । 

उनको योग र अध्यात्मप्रति उनको समर्पण उदाहरणीय रहेको भन्दै सहभागीहरूले प्रशंसा गरे। बालयोगी प्राप्ति घिमिरेका बाबा चुडामणि घिमिरे 'गोपाल योगी'  पयोस, विराटनगरका संगठन सचिव हुन् भने उनकी आमा राधिका घिमिरे पनि योग शिक्षक नै हुन् ।  उनको परिवार विराटनगर–४, सखुवारेटोलको योगी परिवारको रूपमा परिचित छ।

सो प्रशिक्षण कार्यक्रमको संयोजन  तथा  प्रमुख प्रशिक्षकको भूमिका निर्वाह  मिस्टर चौधरीले गरेका थिए  भने सह–प्रशिक्षकको भूमिका पं चन्द्रमणि गुरागाञीँले  गरेका थिए । सो कार्यक्रममा उपस्थित सहभागीहरूले योगको गहिराइ र नयाँ प्रविधिबारे गहन प्रशिक्षण प्राप्त गरेका थिए।

योग पुनर्जागरण तालिमले सहभागीहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा पुनर्ताजगी प्रदान गर्नुका साथै आगामी दिनमा योगलाई जीवनको अभिन्न अंग बनाउन प्रेरित गरेको आयोजकले जनाएको छ। कार्यक्रममा पयोसका पदाधिकारी तथा योगप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

View : 592

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved