Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

पराजुली भए अडानको कोशी प्रदेश अध्यक्ष

उद्‌घोष सम्वाददाता
१४ वैशाख २०८२, आइतवार

विराटनगर । दर्तावाल लेखापरीक्षकहरूको साझा संस्था नेपाल अडिटर्स एसोसिएसन(अडान) को कोशी प्रदेश अध्यक्षमा फणिन्द्रमणि पराजुली निर्वाचित भएका छन् ।

अडानको शनिबार विराटनगरमा सम्पन्न सातौ प्रदेश अधिवेशनबाट पराजुलीसहित १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । 

पराजुली निवर्तमान कमिटीमा सचिव थिए । उनी विराटनगरका हुन् । त्यस्तै उपाध्यक्षमा दमकका दिलबहादुर पौडेल र इटहरीका सन्तोषकुमार ढकाल चयन भएका छन् । 

सचिवमा विराटनगरका भीमप्रसाद गुरागाईं, कोषाध्यक्षमा विराटनगरकै रोशन पोखरेल, सहसचिवमा दमकका वीपी मिश्र र सहकोषाध्यक्षमा इटहरीका भलाकाजी कठयैत चयन भएका छन् ।

नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मीलगायतले शुभकामना दिएका थिए । 
उद्घाटन कार्यक्रम निवर्तमान अध्यक्ष विजयहरि शर्माको सभापतित्वमा भएको थियो ।

View : 110

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved