Biratnagar, Morang, Nepal
८ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

प्रहरी र सुधारगृहका कर्मचारीमाथि छुरा प्रहार गर्ने युवक नियन्त्रणमा

उद्‌घोष संवाददाता
८ असार २०८३, सोमवार

Advertisement

विराटनगर । लागुपदार्थको कुलतमा फसेका युवकले सुधारगृहका कर्मचारी र प्रहरीमाथि चक्कु प्रहार गरेपछि आइतबार दिउँसो ठुलो संख्यामा प्रहरी परिचालन गरी उनलाई नियन्त्रणमा लिनुपरेको छ । 

विराटनगर महानगरपालिका–१ अनुकरण मार्गमा भाडामा बस्दै आएका २९ वर्षीय रुविन कार्कीले सुधार गृहका कर्मचारी र प्रहरीमाथि आक्रमण गरेका थिए ।

कार्कीले चच्कु प्रहार गर्दा सीआरभी भट्टाचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी र प्रहरी जवान हिमाल घिमिरे तथा काठमाठौंको नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लामो समयदेखि लागूऔषधको कुलतमा फसेका कार्कीलाई परिवारका सदस्यले सुधार गृहमा पठाउने तयारी गरेका थिए ।

तर सुधार गृह पठाउन खोज्दा उनले आत्महत्या गर्ने प्रयास गरेको जानकारी पाएपछि पुगेको प्रहरी सम्झाउन खोज्दा प्रहरीमाथि नै चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

कोठाको झ्याल ढोका थुनेर बसेका कार्कीलाई नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको थियो । 

प्रहरीले उनलाई नियन्त्रणमा लिन घरको माथिल्लो तलमा भ¥याङ लगाएर चढेका थिए । 

सुधार गृहका कर्मचारी र प्रहरीले सम्झाई बुझाई गरेर कोठाबाट निकाल्ने प्रयास गरेका थिए । तर कार्कीले आफ्नो ओछ्यानमा लुकाएर राखेको चक्कु झिक्दै आक्रमण गरेका थिए ।

आक्रमणबाट घाइते तीनैजनाको टाउकोमा चोट लागेको जनाइएको छ ।

उनीहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको र जोखिममुक्त रहेको प्रहरीले जनाएको छ ।

रामेछाप घर भई लामो समयदेखि विराटनगर–१ स्थित मोहन भट्टराईको घरमा प्रविन र उनी आमा मात्रै झण्डै पाँच वर्षदेखि भाडामा बस्दै आएका थिए । 

कक्षा १२ मा अध्ययनरत प्रविन लागूपदार्थ दुव्र्यसनमा फसेपछि उनलाई आइतबार नै काठमाडौंस्थित सुधारगृहमा लैजाने तयारी परिवारका सदस्यले गरेका थिए । 

झण्डै आठ बर्षअघि बाबुले छाडेर गएपछि आमासँग उनी डेरामा बस्दै आएका थिए ।

View : 22

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved