सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपराअर्नमा घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ छठ पूजा सकेर श्रद्धालु भक्तजन घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई आइतबार राती नै पक्राउ गरेको जनाएको छ ।
तोडफोडबाट क्षति पुगेको पूजास्थललाई स्थानीय र सुरक्षाकर्मीहरुको सहायताले पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याएका कारण ब्रतालुहरुले सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पुजा पुरा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 64
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved