उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तरगत उदयपुरको त्रियुगा नगरपालिका–९ राजाबासमा सोमबार विहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स १० प ४७१७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ६१७ नं. को टिपरले ठक्कर दिंदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका–९ डाँडाटोलका ३५ वर्षीय हरी दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका दनुवारलाई उपचारका क्रममा जिल्ला अस्तपाल उदयपुरमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
टिपर चालक उदयपुरकै त्रियुगा नगरपालिका–७ होक्सेका २८ वर्षीय आशिष माझीसहित दुर्घटना परेका सवारी साधनलाई आवश्यक कानुनी कारवाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
View : 135
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved