इटहरी । बीमा प्रदायक संस्था लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड इटहरी शाखा कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ ।
नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोद पोखरेल, इटहरी –९ का वडाध्यक्ष जीतेन्द्र थापा र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले संयुक्त रुपमा सो कार्यालयको उद्घाटन गरेका हुन् ।
सो अवसरमा लिवर्टी लघु जीवन बीमा लिमिटेडका डीजीएम तथा सीएमओ अशोक कुँवर, कोशी प्रमुख राम पोखरेल, इटहरी–९ का वडाध्यक्ष जीतेन्द्र थापा, वडा सदस्य कपिल घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद पोखरेलले एक कम्पनी एक अभिकर्ताको प्रावधान लघु बीमा कम्पनीको हकमा लागू नहुने हुँदा अन्य जीवन बीमा कम्पनीमा काम गर्ने अभिकर्ताले समेत काम गर्न सक्ने हुन्छ, त्यसैले सवैले यसलाई एउटा अवसरको रुपमा लिनुपर्ने कुरामा उनले जोड दिए ।
यसैगरी शनिबार उदयपुरको गाईघाटमा समेत लिवर्टीको नयाँ शाखा उद्घाटन गरिएको छ । त्रियुवा नगरपालिका–६ का वडाध्यक्ष योगेन्द्र दाहालले रिवन काटेर सो शाखाको उद्घाटन गरेका थिए ।
View : 322
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved