Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

उद्घोषकर्मी भण्डारीलाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार

उद्‌घोष संवाददाता
१४ कार्तिक २०८१, बुधवार

Advertisement

विराटनगर । उद्घोषकर्मी बाबुराम भण्डारी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

प्रेस चौतारी मोरङले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा अवसरमा पत्रकार भण्डारीलाई सो पुरस्कार प्रदान गरिएको हो ।

चाडपर्वहरूको अवसरमा चौतारीले हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रम एवं पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एमाले उपाध्यक्ष गुरु बरालले १५ हजार पाँच सय नगदसहित भण्डारीलाई सम्मानपत्र प्रदान गरेका हुन् । 

पुरस्कार समर्पण समारोहमा स्व जनार्दन मैनालीकी पत्नी कमला मैनाली, छोराहरू गंगाधर मैनाली र मुकेश मैनालीलगायतले दोसल्ला ओढाइदिए भने एमाले केन्द्रीय सदस्य युवराज बाँस्कोटाले ढाकाटोपी लगाइदिएर सम्मानित गरेका थिए । 

पुरस्कृत पत्रकार भण्डारी डेढ दशकयता पत्रकारितामा सक्रिय छन् । भण्डारी उद्घोष दैनिकको संवाददाताका रुपमा कार्यरत रहेर राजनीतिक, आर्थिक तथा सामाजिक अभिरुचिका विषयमा कलम चलाउँदै आएका छन् ।

प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज कमल रिमालले स्वर्गीय जनार्दन मैनालीले सामाजिक एवं सञ्चार क्षेत्रमा निर्वाह गरेको योगदानको चर्चा गरेका थिए ।

View : 404

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved