Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

योजना एकातिर, काम अर्कोतिर

उद्‌घोष संवाददाता
८ जेठ २०८२, बिहिवार

विराटनगर । मोरङको कटहरीमा निर्माण भैरहेको सडकको बजेट तोकिएको ठाउँमा खर्च नगरी अन्तै खर्च गरिएको पाइएको छ ।

विराटनगर–१ र कटहरी–१ को सिमानामा पर्ने परोपकार घाटको पुलदेखि कटहरी–५ मा पर्ने खोरियासम्मको सडकको क्षमता विस्तारका लागि संघीय सरकारबाट आएको बजेट सो ठाउ“मा थोरै मात्र खर्च गरी अरू बाटोमा खर्च गरिएको छ ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत ६१ लाख ६८ हजार ९ सय १८ रूपैयाँमा देविका कन्स्ट्रक्सन बुढीगंगा–५ ले आगामी असार १५ गते सम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको सो सडकको रकम दुई सय मिटर जति मात्र परोपकार घाटदेखि खोरिया जाने सडकमा खर्च गरेर बाँकी रकम महालक्ष्मी मन्दिरबाट दक्षिण चौधरी चोकतर्फ जाने बाटोमा खर्च गरिएको छ ।

परोपकार घाट नजिकै सिंगिया खोलामा नयाँ पुल बनिरहेको हुँदा सो पुल भएर आवात–जावात गर्न सहज होस् भनेर संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा त्यहाँको बाटोको लागि एक करोड रूपैयाँ दिएको हो । 

सो बजेटबाट बन्ने सडकका लागि शहरी विकास तथा भवन निर्माण कार्यालयले टेण्डर आह्वान गरेकोमा देवीका कन्स्ट्रक्सनले ४० प्रतिशत कममा ठेक्का लिएको हो ।

सो बजेटबाट महालक्षमी मन्दिरभन्दा दक्षिणतर्फको जुन सडकको कालोपत्र गर्न खोजिदैछ, सो सडकको गत साल नै ‘प्राइम कोट’ गरेर कालोपत्रे नगरी छाडिएको थियो । यस पटक प्राइम कोट गरेको सबै उप्काएर फेरि सोही काममा खर्च गर्न लागिएको हो । 

अहिले जहाँ खर्च गरिदैछ सो सडक संघीय सरकारको बजेटमा लोहन्द्रादेखि विराटनगरको हनुमान मन्दिरसम्मको सात किलोमिटर सडकको ठेक्का लागि सकेको छ । 

३७ करोडमा सात किलोमिटर सडक कान्छाराम कन्स्ट्रक्सनले ठेक्का लिएको हो । त्यही सडकमा अरू बजेट पनि खर्च गरेर सरकारी राजस्वको दुरूपयोग गरिंदैछ ।

View : 613

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved