Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

ड्राइभिङ स्कुल संघ कोशीमा श्रेष्ठ

उद्‌घोष सम्वाददाता
७ वैशाख २०८२, आइतवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ स्थित ड्राइभिङ स्कुल संघ कोशी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाले शिव श्रेष्ठको अध्यक्षतामा नव कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । 

सिग्देल बन्धु प्रतिष्ठानको सभाहलमा शनिबार भएको ड्राइभिङ स्कुल संघ कोशी प्रदेशको अधिवेशनले संघको प्रथम उपाध्यक्षमा साधुराम थापा मनीष, उपाध्यक्ष योगेन्द्र पोखरेल, सचिव भूपेन्द्रबहादुर थापा, सहसचिव अनन्त घिमिरे र कोषाध्यक्षमा विकास राई सर्वसम्मत चयन भएका छन् ।

प्रदेश सदस्यहरूमा अर्जुन पनेरू, सुमित्रा चौधरी, परशुराम निरौला, बसन्त बुढाथोकी, धर्मराज शाही, बुद्ध राई र मीनकुमार खवास चयन भए । अधिवेशनको उद्घाटन आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले गरेका थिए । 

उनले संघले आगामी दिनहरूमा ड्राइभिङ स्कुलहरूको अनुगमन, गुणस्तरीय तालिम, सहकार्य तथा सरकारी निकायसँगको समन्वयमा विशेष ध्यान दिन आवश्यक भएको  मन्त्री भण्डारीले उल्लेख गरे ।

कार्यक्रममा कोशी प्रदेशभरिका ड्राइभिङ स्कुल सञ्चालकहरू, संघका केन्द्रीय प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनले संघको आगामी कार्यदिशा तय गर्नुका साथै संगठन सुदृढीकरण, सेवा गुणस्तर अभिवृद्धि तथा चालक प्रशिक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरेको थियो । कार्यक्रममा उत्कृष्ट ड्राइभिङ स्कुल लगायतलाई सम्मानित समेत गरिएको थियो ।

सम्मानित हुने व्यक्तित्वहरूमा नारायण प्रधान ट्राफिक चालक, जलदेवी ड्राइभिङ सेन्टरका सञ्चालक खगेन्द्र कार्की, कर्ण रायमाझी आयूष पीयूष मोटर ड्राइभिङ सेन्टर, रमेशप्रसाद दाहाल सवारीचालक अनुमतिपत्र कोशीका शाखा अधिकृत, कोशी प्रदेशबाट ड्राइभिङ संघ नेपाल केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गोपालप्रसाद घिमिरे, केन्द्रीय वरिष्ठ उपाध्यक्ष बाबुराम प्रधान, केन्द्रीय उपाध्यक्ष साधुराम थापा मनीष, केन्द्रीय सदस्यहरू भूपेन्द्रबहादुर थापा, अनन्त घिमिरे लगायत रहेका छन् ।

समारोहमा ड्राइभिङ स्कुल संघका कोशी प्रदेश संयोजक योगेन्द्र पोखरेल, प्रदेश अध्यक्ष बाबुराम प्रधान, संघका राष्ट्रिय अध्यक्ष राजकुमार गुरूङ, कोशी प्रदेश सभासद सपना परियार, अमृत अर्याल, पूर्वराज्यमन्त्री राजकुमार ओझा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका  प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाती लगायतले बोलेका थिए ।

View : 150

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved