Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

पहलगाम हत्याकाण्डको स्मृतिमा श्रद्धाञ्जली

उद्‌घोष सम्वाददाता
१४ वैशाख २०८२, आइतवार

विराटनगर । भारतको जम्मु कश्मिरस्थित पहलगाममा आतंककारीहरुबाट निर्मम हत्या गरिएकाहरुको स्मृतिमा विराटनगरमा श्रद्धाञ्जली सभा गरिएको छ ।

उक्त घटनामा ज्यान गुमाएका ब्यक्तिहरुको स्मृतिमा विराटनगरमा क्रियाशील आधा दर्जन बढी संघसंस्थाहरुले श्रद्धाञ्जली सभा गरेका हुन् । 

श्रीहरि सत्संग समिति नेपाल, नेपाल स्वर्णकार समाज मोरङ, मर्निङ वाक समूह विराटनगर, थारु कल्याणकारी सभा मोरङ, सीमाञ्चल मैथिली संवाद समूह, श्री कृष्ण गौ सेवा सदन र नेपाल अग्रवाल सभा विराटनगरले संयुक्तरुपमा श्रद्धाञ्जली सभा गरेका हुन् । विराटनगरको तीनपैनी चोकमा गरिएको सभाका सहभागीले मृतकहरुको आत्माको चिरशान्तिको कामना गरेका थिए । 

घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । सो अवसरमा बोल्दै लक्ष्मी नारायण मन्दिर पाञ्चालीका पीठाधीश स्वामी अच्यूत प्रपन्नाचार्यले ब्यक्तिको धर्म सोधेर छानीछानी हत्या गरिनु जघन्य र निन्दनीय अपराध हो भने । 

श्रीहरि सत्संग समिति नेपालका अध्यक्ष भीखमचन्द सरलले निहत्था र निर्दोष पर्यटकहरुको निर्मम नरसंहार गरिनु अमानवीय कार्य रहेको बताए । 

सो घटनामा संलग्न अपराधीहरुलाई भारत सरकारले अबिलम्ब पक्राउ गरी कठोर कारवाही गर्नुपर्ने उनकोे भनाइ थियो । बैशाख ९ गते मंगलबार भएको सो घटनामा एकजना नेपालीसहित २६ जनाको ज्यान गएको थियो । 

सो घटनामा आफ्नो परिवारसँग घुम्न गएका बुटवल—११, कालिकानगर, रुपन्देहीका सुदिप न्यौपानेको ज्यान गएको छ । 

हत्याकाण्डमा पाकिस्तानबाट संरक्षित आतंककारीहरुको संलग्नता रहेको भारत सरकारले आरोप लगाएको छ भने पाकिस्तानले सो कुरालाई अस्वीकार गरेको छ ।

View : 91

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved