विराटनगर । नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को छैठौं महाधिवेशनबाट विराटनगरका तीर्थराज घिमिरे उपमहासचिवमा निर्विरोध निर्वाचित भएका छन् ।
विराटनगर–१३ का घिमिरे एमाले कोशी प्रदेश कमिटीका सदस्य समेत हुन् ।
बुधवार ललितपुरको च्यासलमा सम्पन्न भएको महाधिवेशनमा कोशी प्रदेशबाट भीमबहादुर चौहान, विदुर प्रसाई, भीम सुब्बा, गोविन्द दाहाल, राधेश्याम घिमिरे, तुलसी ढकाल, कुमार कार्की, दीपक राई लगायत केन्द्रीय सदस्यमा निर्वाचित भएको जनाइएको छ ।
View : 237
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved