धनकुटा । नेकपा एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्षमा कमल कार्की निर्वाचित भएका छन् ।
नगरको दोस्रो अधिवेशनमा शनिबार भएको मतदानबाट ११७ मत प्राप्त गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । उनले विष्णुप्रसाद दाहाललाई २२ मतान्तरले पराजित गरेका छन् ।
दाहालले ९५ मत पाएका छन् । सहमति जुट्न नसकेपछि अध्यक्ष र सचिव पदमा मतदान गरिएको थियो ।
७५ सदस्यीय नगर कमिटीमा तीन पदाधिकारीसहित ७३ पद सर्वसम्मत चयन गरिएको एमाले जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
उपाध्यक्षमा टलबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । सचिवमा १२९ मतसहित मिलन बराल निर्वाचित भएका छन् ।
बराल ४७ मतान्तरले विजयी भएका हुन् । सचिवका अर्का उम्मेवार मन्दिप गिरीले ८२ मत प्राप्त गरेका छन् ।
उपसचिवमा डम्बरबहादुर कार्की र मैया खड्का सर्वसम्मत चयन भएका छन् ।
कुल २२८ प्रतिनिधि मतदाता रहेको महालक्ष्मीमा २१७ मत खसेको थियो ।
जसमध्ये ५ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत एवं एमाले धनकुटाका उपसचिव नैन विश्वकर्माले जानकारी दिए ।
View : 117
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved