Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

आफ्नो टोलको सुरक्षा आफैं

उद्‌घोष संवाददाता
२९ भदौ २०८२, आइतवार

विराटनगर । विराटनगर वडा नं ५ स्थित त्रिमूर्ति चोक क्षेत्रका मानिसहरुले आफ्नो टोलको सुरक्षा आफैं गर्ने भन्दै टोल सुरक्षा समिति गठन गरी सामुहिक रात्री गस्ती थालेका छन् । 

जेनजी आन्दोलनपछि असुरक्षा बढेको र शंकास्पद मानिसहरुको आवतजावत र शंकास्पद गतिविधि बढेको भन्दै टोलको सुरक्षाका लागि आफंै जागरुक हुनु परेको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्षसमेत रहेका स्थानीय अगुवा चेतन निरौलाले जानकारी दिए । 

टोलका करिब ५० जना जति मानिसहरुले हरेक दिन राति ८ बजेदेखि त्रिमूर्ति चोक, जानकी चोक, सम्झनाचोक, विराटमार्ग लगायतका क्षेत्रमा निगरानी गर्न थालेका छन् ।

आफ्नो टोलमा कोही शंकास्पद मानिस देखिए र शंकास्पद गतिविधि  गरेमा  सोधपुछ गर्ने र सुरक्षा निकायलाई खबर गर्ने गरिएको निरौलाले बताए ।

नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्षसमेत रहेको स्थानीयवासी सन्तोष सिग्देल चाडपर्वका बेला हुन सक्ने चोरी, डकैती, लुटपाट लगायत अन्य अवाञ्छित गतिविधि नियन्त्रण गरी समाजलाई सुरक्षित गराउने उद्देश्यले थालिएको टोल सरक्षा अभियानलाई निरन्तरता दिने बताउँछन् ।

View : 446

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved