सुन्दरहरैँचा । नेपाली लोकप्रिय सांगीतिक ब्याण्ड नेपथ्य पहिलोपटक सुनसरीको इटहरीमा लाइभ कन्सर्टमार्फत प्रस्तुत हुने भएको छ ।
पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको प्रवद्र्धनमा इटहरी रंगशालामा आयोजना हुने कन्सर्टलाई भव्य र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा करिब १० हजार दर्शक अट्ने व्यवस्था मिलाइने आयोजक संस्थाका अध्यक्ष राजकुमार कार्कीले बताए ।
तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय नेपथ्यले ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजारमा’, ‘रेशम’ र ‘भेडाको ऊनजस्तो’ लगायतका लोकप्रिय गीतमार्फत विभिन्न पुस्ताका संगीतप्रेमीको मन जित्दै आएको छ ।
View : 23
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved