Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

हाटखोलामा भागवत गीताको संगीतमय पाठ

१५ मंसिर २०८२, सोमवार

विराटनगर। गीता परिवार नेपालद्वारा विराटनगर–८ हाटखोला चोकस्थित गीता मन्दिरमा मोक्षदा एकादशी तथा गीता जयन्तीको पावन अवसरमा सोमबार संगीतमय श्रीमद्भागवत गीता पाठको आयोजना गरिएको छ । संगीतमय ढङ्गले गरिएको पाठले मन्दिर परिसरमा भक्ति र आध्यात्मिकताको माहौल सृजना गरेको थियो।

कार्यक्रममा उपस्थित भक्तजनहरूले संगीतमय गीता पाठमा आत्मीयतापूर्वक सहभागिता जनाए। विशेष गरी विराटनगर क्षेत्रका माडवाडी समुदायका महिलाहरूको बाक्लो उपस्थिति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। उनीहरूले पाठमा सक्रिय रुपले संलग्न हुँदै परम्परागत भक्ति र सामुदायिक सहभागिताको अनौठो उदाहरण प्रस्तुत गरेका थिए ।

सो अवसरमा गीताका सन्देशहरू प्रसारित गर्दै आध्यात्मिक चेतना र सामाजिक सद्भाव कायम राख्नुका साथै नयाँ पुस्तालाई श्रीमद्भागवत गीताको ज्ञानसँग जोड्ने प्रयास रहेको आयोजक समितिले जनाएको छ।

View : 302

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved