विराटनगर । केई नेपालले आफनो वार्षिक ‘केई एक्सचेन्ज कार्निभल २०८२’ को आधिकारिक रुपमा सुरुवात गरेको छ ।
कार्निभलको उद्देश्य स्मार्ट र थप रमाइलो तरिकाले विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्न प्रोत्साहित गर्नु हो ।
कार्निभलले सुविधा, बचत र उत्सवहरूमा केन्द्रित हँुदै इभीका पारखीहरू र उनीहरुका परिवारका लागि मनोरञ्जनसँगै केईका उत्पादनबारे जानकारी गराउने लक्ष्य राखेको छ ।
एक्सचेन्ज कार्निभलको समयमा, ग्राहकहरूले जुनसुकै ब्रान्डका आफना पुराना सवारी साधनहरू ल्याउन सक्नेछन् र उत्कृष्ट रिसेल मुल्यसहित विशेषज्ञ सवारी मूल्याङ्कन प्राप्त गर्न सक्ने छन् ।
यसका साथै केईले विशेष एक्सचेन्ज बोनस, नगद छुट, सडक कर र बीमाको पूर्ण कभरेज समेत प्रदान गर्नेछ ।
तीन विद्युतीय लाइन अप मोडेलहरू ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो मार्फत केई अटोले आराम, शैली, सुरक्षा र उत्कृष्ट परफरमेन्ससहित आफना उत्पादनमा दिगो नवीनता प्रदान गरेको छ ।
कार्निभलमा मनोरञ्जन र संगीत, रमाइला खेलहरू र सम्पूर्ण परिवारलाई संलग्न गराउने मनोरञ्जनात्मक गतिविधिहरू हुने छन् ।
केई नेपालले सबै इभी प्रेमीहरू र अपग्रेड खोज्ने इभी पारखीहरूलाई परिवारसहित एक्सचेन्ज कार्निभल २०८२ मा गतिशीलता र नवीनताको यस भव्य उत्सवको हिस्सा बन्न आमन्त्रित गरेको छ ।
चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको केई अटो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो ।
केई अटोले इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधन उत्पादन गरिरहेको छ, जुन पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एशिया लगायत देश र क्षेत्रहरूमा निर्यात गरिन्छ ।
नेपालमा, केईलाई जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी प्रालिले वितरण गर्दै आएको छ ।
View : 32
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved