Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

सुकुना मावि ठूला विद्यालयहरूको सूचीमा

उद्घोष सम्वाददाता
९ वैशाख २०८१, आइतवार

सुन्दरहरैंचा । नेपालका ठूला २० विद्यालयहरूको सूचीमा मोरङको सुन्दरहरैंचास्थित सुकुना माविसमेत समेटिएको छ ।

विद्यार्थी संख्याका आधारमा ‘सेहर्ड’ नामक संस्थाले प्रकाशित गरेको ‘ईएमआईएस’ रिपोर्ट  अनुसार सुकुना मावि नेपालको १२ औं स्थानमा पर्न सफल भएको छ ।

४ हजार ९६ जना विद्यार्थी भएको सुकुना माध्यमिक विद्यालय नेपालका ठुला २० स्कुलहरुको सूचीमा १२ औं स्थानमा परेको तथा प्रदेशमा पहिलो स्थानमा रहेको सुकुना माविका सहायक प्रअ राजेन्द्र गिरीले जानकारी दिए ।

रिपोर्ट अनुसार नेपालको  सबैभन्दा ठूलो  विद्यालय सूचीमा ८ हजार ८९  विद्यार्थी रहेको बुटवलस्थित कालिका मानव ज्ञान सेकेण्डरी स्कुल परेको छ ।

त्यस्तै दोस्रोमा ६ हजार १९ विद्यार्थी रहेको शान्ति नमुना सेकेण्डरी स्कुल तिलोत्तमा रुपन्देही परेको छ । तेस्रोमा जनता मोडेल मावि गिड्डा बेलापट्टी, धनुषा परेको छ । सो स्कुलमा ५ हजार ७ सय ८९ विद्यार्थी रहेको बताइएको छ ।

View : 77

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved