विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीमा अवतरण गर्ने क्रममा बुधबार बिहान करिब ११ः५५ बजेतिर दुर्घटनामा परेको हेलिकप्टरबाट घाइतेहरूको उद्दार गरिएको छ ।
एयर डाइनेष्टीकै अर्को हेलिकप्टर पुगेर घाइतेको उद्दार गरी काठमाडौं लगिएको हो ।
काठमाडौंस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन–एएफक्यु’ हेलिकप्टर अवतरणका क्रममाअसन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
हेलिकप्टरमा पाइलटसहित छ जना यात्रु थिए । उनीहरू मध्ये एकजनालाई सामान्य चोट लागेको जनाइएको छ ।
५० वर्षीय काजीबहादुर राईको खुट्टामा चोटपटक लागेको र पाइलट सुनज थापा लगायतका अरु यात्रु सामान्य घाईते भएको जनाइएको छ ।
केपिलासगढी वडा नम्बर २ का वडा सदस्य हरिचन्द्र राईकाअनुसार हङकङ बस्ने एक परिवारका सदस्यको मृत्यु भएपछि आफन्तले शवलाई शवबाहनमा पठाएर उनीहरू भने हेलिकप्टरबाट गाउँ आएका थिए ।
View : 75
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved