Biratnagar, Morang, Nepal
२२ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

धनकुटाको गोठगाउँमा बस दुर्घटना : एकको मृत्यु, १३ जना घाइते

उद्‌घोष सम्वाददाता
२२ वैशाख २०८२, सोमवार

विराटनगर । धरानबाट भोजपुर जाँदै गरेको यात्रु धनकुटा नगरपालिका–६ गोठगाउँमा सोमबार विहान दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । बसमा सवार १३ यात्रु घाइते भएका छन् ।

को १ ख २१७७ नम्बरको यात्रुबस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

दुर्घटनामा धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको जनाइएको छ । दुर्घटनापछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरू मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । 

यात्रु बस उकालो चढ्ने क्रममा ब्रेक नलागेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

View : 27

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved