Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

‘द हिमालयन रिजर्भ’ ह्विस्की मोन्ड सेलेक्सन गोल्ड अवार्ड २०२५ बाट सम्मानित

उद्‌घोष संवाददाता
२१ चैत २०८१, बिहिवार

काठमाडौं । नेपाली प्रिमियम ह्विस्की ब्रान्ड ‘द हिमालयन रिजर्भ’ ले अन्तर्राष्ट्रिय स्तरको मोन्ड सेलेक्सन गोल्ड अवार्ड २०२५ प्राप्त गरेको छ ।

यो अवार्डसँगै द हिमालयन रिजर्भले आफ्नो उत्कृष्टता प्रमाणित गरेको दाबी गरेको छ । नेपाली मदिरा उद्योगलाई समेत नयाँ उचाइमा स्थापित गर्दै नेपाललाई विश्वस्तरीय उत्पादन गर्न सक्ने राष्ट्रको रूपमा चिनाएको हो ।

मोन्ड सेलेक्सन सन् १९६१ मा स्थापना भएको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्ने निकाय निकाय रहेको जनाइएको छ । जसले पेय पदार्थ तथा मदिराहरूको स्वाद, सामग्री, उत्पादन प्रक्रिया र समग्र उत्कृष्टताका आधारमा मूल्याङ्कन गर्दै आएको छ । 

अनुभवी मदिरा विशेषज्ञ र मास्टर ब्लेन्डरहरूको मुल्याङ्कनपछि प्रदान गरिने यो अवार्ड अन्तर्राष्ट्रिय बजारमा गुणस्तरको प्रतीक मानिने गर्दछ । द हिमालयन रिजर्भलाई यो सम्मान मिल्नु नेपाली मदिरा ब्रान्डको विश्वसनीयता र उच्चस्तरको उत्पादन क्षमताको प्रमाण भएको कम्पनीले जनाएको छ । 

नेपालमा उत्पादनका रुपमा द हिमालयन रिजर्भ ह्विस्की अन्तर्राष्ट्रिय गुणस्तरमा कुनै पनि प्रतिष्ठित ब्रान्डभन्दा कम नभएको यस कम्पनीका निर्देशक प्रदीप शारडाले बताए । 

‘मोन्ड सेलेक्सन गोल्ड अवार्ड जित्नु हाम्रो मात्र नभई सम्पूर्ण नेपालको लागि गर्वको विषय हो, हामीले नेपाली भूमिबाट विश्वस्तरीय ह्विस्की उत्पादन गर्ने लक्ष्य पनि पुरा गरेका छौं, आज यसले हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरेको छ’ उनले भने, ‘हामी यो सफलता नेपाली उत्पादनमा विश्वास राख्ने हाम्रा उपभोक्ताहरूलाई समर्पण गर्न चाहन्छौं ।’

उनले यो उपलब्धिले नेपाली ब्रान्डहरू पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको बताए । यो अवार्डले नेपालको स्पिरिट्स उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सहयोग गर्ने दाबी गरे ।

द हिमालयन रिजर्भ ह्विस्कीको निर्माणमा हिमालयन स्प्रिङ वाटर (हिमालयको शुद्ध पानी) र विशेष रूपमा छनोट गरिएका ‘एज्ड स्कच मल्ट’ प्रयोग गरिने जनाइएको छ । ह्विस्कीलाई विशेष सन्तुलित स्वाद र सुगन्ध प्रदान गर्न उन्नत प्रविधि तथा परम्परागत ब्लेन्डिङ सीप अपनाइएको कम्पनीले जनाएको छ । 

‘रिच प्रोफाइल, स्मुथ स्वाद’ र ‘कम्प्लेक्स क्यारेक्टर’ का कारण ह्विस्की पारखीहरूको पहिलो रोजाइ बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । साथै द हिमालयन रिजर्भले प्राप्त गरेको यो उपलब्धिले नेपाली स्पिरिट्स उद्योगको सम्भावना अझ उजागर गरेको जनाइएको छ ।

View : 479

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved