Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

सलकपुर खानेपानीको साधारणसभा

उद्‌घोष संवाददाता
२५ माघ २०८२, आइतवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा खानेपानी तथा ढल निकास व्यवस्थापन विभाग विराटनगरका प्रमुख सुरतलाल चौधरीले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो व्यवस्थापनका लागि उपभोक्ता समितिहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै सेवाको गुणस्तर अभिवृद्धिमा निरन्तर ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

समितिका अध्यक्ष रामकुमार तामाङले समितिको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । 

त्यसैगरी कोषाध्यक्ष सावित्रा पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने लेखा समितिको प्रतिवेदन सरोज भट्टराईले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समितिका पूर्वपदाधिकारीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । साथै अवकाश प्राप्त कर्मचारीहरूलाई सम्मान गर्दै बिदाइ गरिएको थियो । 

कार्यक्रममा वडाध्यक्ष खेमप्रसाद न्यौपाने, समितिका संस्थापक अध्यक्ष तथा पूर्वसभासद् लोकप्रसाद संग्रौला, नारी विकास संघकी अध्यक्ष सुशीला कार्की, समाजसेवी प्रेमप्रकाश उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले समितिको वार्षिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनालाई पारित गरेको छ ।

View : 160

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved