Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

कपिलवस्तुमा एशिएन थाई फुड्सको दोस्रो युनिट

उद्‌घोष सम्वाददाता
२५ वैशाख २०८२, बिहिवार

विराटनगर । उद्योगी महेश जाजूले नेतृत्व गरेको एशियन थाई फुड्सको दोस्रो युनिट कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–६ गोब्रीमा सञ्चालनमा आएको छ । 

विराटनगरमा रहेको एशियन थाई फुड्सको पहिलो युनिटले रमपम, टूपीएम, प्रीति जस्ता चाउचाउ तथा स्न्याक्सहरू उत्पादन गर्दै आएको छ ।

सञ्चालनमा आएको दोस्रो युनिटले पहिलो चरणमा दैनिक २० टन चाउचाउको व्यवसायिक उत्पादन सुरु गरेको उद्योगका निर्देशक महेश जाजूले बताए ।

विराटनगरबाट उत्पादित चाउचाउ र स्न्याक्सलाई पश्चिम पुर्‍याउँदा ढुवानी लागत र समय धेरै भएपछि तौलिहवा औद्योगिक क्षेत्रमा दोस्रो युनिट निर्माण गरेर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

एशियन थाई फुड्सका उत्पादन हाल भारतसहित दुवई, ओमन, कतार, साउदी अरब, मलेसिया, अमेरिका, अस्ट्रेलिया र इटलीसम्म निर्यात हुने गरेको जनाइएको छ ।

दोस्रो युनिटले मुख्यतया भारतको उत्तर प्रदेश र उत्तराखण्डसम्मको व्यापार विस्तारमा सहयोग पुग्ने जनाइएको छ ।

करिव साढे दुई बिघा क्षेत्रफलमा रहेको उद्योगको दोस्रो युनिट सञ्चालनमा लागि उद्योगी जाजूले  लिलामीमा रहेको क्यापिटल फुड्स प्रालिको उद्योग सकारेर सञ्चालनमा ल्याएका हुन् ।

View : 18

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved