Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

शान्ति समाज सभापतिमा अधिवक्ता रेनुका पौडेल

उद्‌घोष सम्वाददाता
१९ माघ २०८१, शनिवार

अधिवक्ता रेनुका पौडेल

 विराटनगर । मानव अधिकार तथा शान्ति समाज, नेपालको  सभापतिमा अधिवक्ता रेनुका पौडेल (काठमाडौं) निर्वाचित भएकी छन् ।

 बिहीबार  चितवनको गैडाकोटमा सम्पन्न समाजको २७ औँ राष्ट्रिय परिषद् बैठकका क्रममा सम्पन्न केन्द्रीय समितिको निर्वाचनमा वरिष्ठ उपसभापतिमा राजेन्द्र पौडेल (चितवन), उपसभापतिद्वयमा अधिवक्ता लक्ष्मीनारायण मिश्र (तेह्रथुम) र अधिवक्ता धन थापा (मोरङ), महासचिव प्रकाश शाही (सुर्खेत) र कोषाध्यक्षमा चन्द्रमणि बञ्जरा (ललितपुर) निर्वाचित भएका छन् ।

सचिव कोशी प्रदेशमा सन्तोष रौनियार सुनसरी, मधेस प्रदेशमा प्रेमचन्द्र पटेल पर्सा, वाग्मती प्रदेशमा दिवाकर पुडासैनी काठमाडौं, गण्डकी प्रदेशमा तीर्थराज न्यौपाने कास्की, लुम्विनी प्रदेशमा धनपति (डीपी) खनाल रुपन्देही, कर्णाली प्रदेशमा डिल्लीप्रसाद जैसी सल्यान, सुदुरपश्चिम प्रदेशमा भक्तबहादुर विश्वकर्मा कैलाली छन् ।

यस्तै सचिव (आदिवासी जनजाति) मा डोरविक्रम श्रीस गुल्मी, सचिव (महिला)मा रेनुका देवकोटा पाल्पा, सचिव (दलित) मा तुलसीराम सुनार दाङ, सचिव (मधेसी)मा ज्योति बाल्मिकी बाँके छन् ।

यसैगरी १० सदस्यहरुमा उमा गोतामे काठमाडौं, सुशीला रिजाल झापा, कौशल्या खनाल संखुवासभा, निरमाया मिजार म्याग्दी, अरुण ज्ञवाली पाल्पा, भानुभक्त रिमाल नवलपुर, निर्मला गौतम दाङ, सीताराम कोइराला सुनसरी, शम्भु राउत चितवन, लालहरि पाण्डे रुपन्देही निर्विरोध भएका छन् ।

नवगठित समितिका पदाधिकारी, सदस्यहरुलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्कीले बिहीबार अपराह्न आयोजित समापन समारोहमा प्रमाणपत्र प्रदान गरेका थिए ।

अब केन्द्रीय कार्यसमितिको बैठकले शान्ति समाजको विधान अनुरुप न्युनतम ५ जना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने छ । स्मरणीय छ, शान्ति समाजको जिल्लादेखि केन्द्रसम्मै ४० प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य छ ।

View : 303

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved