Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

उत्तराखण्डमा भिषण बाढीले खिर गंगाको बस्ती नै बगायो

उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म ४ जनाको मृत्युको खबर आएको र ५० भन्दा बढी हराइरहेको दैनिक भाष्कारलाई बताएका छन् ।
उद्‌घोष संवाददाता
२० साउन २०८२, मङ्गलवार

Advertisement

विराटनगर । उत्तराखण्डको धरालीमा भीषण बाढीले त्यहाँको खीर गंगा नामक गाउँ नै बगाएको छ।

भारतीय अखबार दैनिक भाष्करको अनलाइन संस्करणले भारतीय सुरक्षा अधिकारीहरुलाई उधृत गर्दै जनाए अनुसार घटना मंगलबार दिउँसो १ः४५ बजे भएको हो ।

घटनाका धेरै भिडियो र तस्वीरहरू सार्वजनिक भएका छन् ।

उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म ४ जनाको मृत्युको खबर आएको र ५० भन्दा बढी हराइरहेको दैनिक भाष्कारलाई बताएका छन् ।

धेरै मानिसहरू बगेको आशंका गरिएको छ । धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर टाढा पर्छ । उद्धार टोली सँगै सेना पनि घटनास्थलमा पुगेको छ ।

पानीको भेल देखेर मानिसहरू चिच्याउन थालेका थिए । धराली बजार पूर्ण रूपमा ध्वस्त भएको छ । धेरै होटल र पसलहरू भत्किएका छन् ।

त्यहाँ पछिल्लोृ२ दिनदेखि भारी वर्षा भइरहेको थियो । उत्तराखण्डका मुख्यमन्त्री धामीले परिस्थितिमाथि नजर राखिरहेको बताएका छन् ।

View : 615

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved