सुनसरी । कर्तव्यपालनाको क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई सम्मान गरिएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ४ गण सुनसरीको १९ औं वार्षिकोत्सवका अवसर पारेर उनीहरूलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेमा सुनसरी देवानगञ्ज–५ की कञ्चनदेवी यादव, इटहरी–५ का शारदा अधिकारी खड्का, कमल सुव्बा र रामधुनी–८ का काशीराम चौधरी छन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक मनिष थापा र गणका प्रमुख प्रहरी उपरिक्षक श्यामकुमार कार्कीले उत्कृष्ट काम गर्ने शसस्त्र प्रहरीहरूलाई पुरस्कृत तथा सम्मान गरेका थिए ।
View : 95
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved