Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

मदन जयन्तीमा एमाले महानगरले गर्यो वक्तृत्वकला

उद्‌घोष संवाददाता
१५ असार २०८२, आइतवार

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ७४ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

‘लोकतान्त्रिक आन्दोलनमा मदन भण्डारीको योगदान’ विषयक अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा ६ वटा विद्यालयका १० जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । 

साहित्यकार हरिप्रसाद बराल, सामजिक अभियन्ता दिनेशकुमार श्रेष्ठ र साहित्यकार कविता काफ्ले ‘केशरी’ रहेको निर्णायक मण्डलले पोखरिया माविकी सिम्रन सफल मैनाली प्रथम भएको घोषणा गरे । 

त्यस्तै सत्यनारायण माविकी उमाकुमारी न्यौपाने द्वितीय, सगरमाथा बोर्डिङ स्कुलका प्रिन्सकुमार साह तृतीय र सगरमाथा बोर्डिङ स्कुलका आरध्या कर्ण सान्त्वना भए ।

विजेता विद्यार्थीहरूलाई एमाले केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य रामलाल साह, महानगर कमिटी अध्यक्ष बलराम गिरी लगायतले पुरस्कार वितरण गरेका थिए ।

View : 557

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved