Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लायन्स क्लव अफ विराटनगर सोसियलद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

उद्‌घोष संवाददाता
१७ पुष २०८२, बिहिवार

विराटनगर । मोरङको रंगेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका कक्षा ९ र १० का ९३ जना विद्यार्थीलाई लायन्स क्लब अफ विराटनगर सोसियलले न्यानो कपडा वितरण गरेको हो ।

क्लबका अध्यक्ष लीला ढुंगेल, फर्स्ट भाइस प्रेसिडेन्ट शिव रिजाल, सेकेन्ड भाइस प्रेसिडेन्ट सुदीर श्रेष्ठ, सेक्रेटरी नोविन ओझा, कोषाध्यक्ष मोहनदास चौहान लगायत क्लबका पदाधिकारीले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको विद्यालयका शिक्षक सन्दीप पोखरेलले जानकारी दिए ।  

मोरङको पूर्वीदक्षिण क्षेत्रमा रहेको सो विद्यालयमा ४०० भन्दाबढी विद्यार्थीहरू अध्ययनरत छन् भने अधिकांश विद्यार्थी आदिवासी जनजाति सीमान्तकृत समुदायका रहेका छन् । 

सो अवसरमा क्लबका अध्यक्ष ढुंगेलले आगामी दिनमा समेत विद्यालयमा आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता जनाए । 

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्रीले लायन्स क्लब अफ विराटनगर सोसियललाई धन्यवाद दिंदै आगामी दिनमा समेत भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि क्लबबाट सहयोगको अपेक्षा गरिएको बताए ।

View : 214

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved