सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्म १७ हजार १५२.१४६ केजी गाँजा बरामद गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले चालु आवको अहिलेसम्ममा सो परिणामबराबरको लागुऔषध गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।
त्यसैगरी, प्रहरीले एक हजार ५६३.६९ ग्राम ब्राउनसुगर, ३२ हजार ७३ पिस ट्याब्लेट÷क्याप्सुल र १३० बोतल डाइलक्स डिसीसहित लागुऔषध बरामद भएको उनले बताए ।
लागुऔषध कारोबारको अरोपमा ६०२ जना पक्राउ परेकामा ३९७ वटा मुद्दा दर्ता भइसकेका उहाँले जानकारी दिए ।
त्यसैगरी, ११२ वटा सवारीसाधन नियन्त्रणमा र चालु आवमा ४३६ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाबाट २१९ वर्ष चार महिना २८ दिन कैद सजाय र रु एक करोड ३२ लाख ३७ हजार ४७० जरिवाना असुली भएको प्रहरी उपरीक्षक थेबेले बताए ।
पाँच वर्ष अगाडिदेखि फरार भई पाँच वर्षभन्दा बढी कैद सजाय तोकिएका छ जना प्रतिवादीलाई समेत नियन्त्रणमा लिन सफल भएको उनले बताए ।
त्यसैगरी, नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध भन्सार चोरी निकासी नियन्त्रणका क्रममा चालु आवको अहिलेसम्ममा ३ करोड ४ लाख ४१ हजार २६० राजस्व सङ्कलन भएको छ ।
चोरी, तस्करीको अरोपमा २१ जना र ४५ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि र अवैध तस्करी नियन्त्रणका लागि प्रहरीले आफ्नो सक्रियता र निगरानीलाई अझ तीव्र बनाएको प्रहरी उपरीक्षक थेबेले बताए ।
View : 35
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved