Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

पतिको कुटपिटबाट गयो महिलाको ज्यान

उद्‌घोष संवाददाता
९ असार २०८२, सोमवार

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-५, मुसहर टोलमा घरायसी विवादका कारण एक महिलाको  ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका  प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार शनिबार  राति करिब ९ बजे ३० वर्षीय सोनिया मुसहरले मादक पदार्थ सेवन गरी आफ्नी २४ वर्षीया श्रीमती ढलिसदा मुसहरसँग वादविवाद गरेका थिए।

विवादका क्रममा सोनियाले ढलिसदालाई कुटपिट गरेका थिए, जसबाट उनी गम्भीर घाइते भएकी थिइन्। घाइते ढलिसदालाई घरमै राखिएको अवस्थामा असार ८ गते बिहान करिब ९:२५ बजे मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई प्राप्त भएको थियो। प्रारम्भिक अनुसन्धानबाट ढलिसदाको मृत्यु श्रीमानको कुटपिटबाट भएको देखिएपछि प्रहरीले सोनिया मुसहरलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

View : 351

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved