Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

काठमाडाैंबाट गाईघाट आउँदै गरेको इभी ब्रेक फेल भएर दुर्घटना, ११ यात्रु घाइते

उद्‌घोष संवाददाता
४ जेठ २०८२, आइतवार

विराटनगर । काठमाडौंबाट उदयपुर सदरमुकाम गाइघाट आउँदै गरेको विद्युतीय गाडी (इभी) उदयपुरकै उदयपुरगढी गाउँपालिका–७ अँधेरीको आरालोमा दुर्घटना ११ जना यात्रु घाइते भएका छन् । 

आइतबार अपरान्ह ३ः१५ मिनेट जाँदा प्र १–०५–००१ ज ००५८ नम्बरको उक्त इभी गाडीको ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनामा इभी चालकसहित यात्रुहरू घाइते भएका छन् । 

घाइतेहरू मध्ये रौतामाई गाउँपालिका–७ का ४५ वर्षीय पुष्प खड्कालाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको जनाइएको छ । 

त्यस्तै त्रियुगा नगरपालिका–९ राजावासका २६ वर्षीय गोपी दनुवार, त्रियुगा–८ साहीखोलाका २० वर्षीय निशन खड्का र भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बस्ने ६० वर्षीया सानु माया श्रेष्ठलाई विराट टिचिङ अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको जनाइएको छ ।

इभी चालक त्रियुगा–६ का २० वर्षीय हिमाल बस्नेतसहित यात्रुहरू २४ वर्षीया संगिता खत्री, चौदण्डीगढी नगरपालिका–१० की १८ वर्षीया मिजा सेवा, सूर्यविनायक–४ का ६६ वर्षीय श्यामकाजी श्रेष्ठ, ३३ वर्षीया प्रतिक्षा बजिमय, सिन्धुलीको कमलामाई नगरपालिका–१० का ४३ वर्षीय ओम बहादुर भुजेल, खोटाङको बराहापोखरी गाउँपालिका–४ का १९ वर्षीय अनिश राईको भने उदयपुर जिल्ला अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

ओरालो सडकमा विहानैदेखि बर्षा भएका कारण गाडी रोक्ने क्रममा ब्रेक फेल भएको हुनसक्ने जनाइएको छ ।

View : 589

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved