Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर मधुमाराबाट नगदसहित ८ जुवाडे पक्राउ

उद्‌घोष संवाददाता
१० असोज २०८२, शुक्रवार

विराटनगर- मोरङ प्रहरीले विराटनर- ८ , मधुमारा स्थित एक घरबाट ठूलो परिमाणको नगद सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने जुवाडेहरूको साथबाट नगद रु. ९७ हजार १६५ रुपैयाँ र ५ बिटा तास बरामद भएको छ।

प्रहरीका अनुसार, असोज ९ गते साँझ करिब ६:३० बजे विराटनगर–८, मधुमारा बस्ने गोविन्द राजवंशीको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका आठै जनालाई जुवा ऐनअनुसार आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाउनका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

View : 550

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved