Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

मुटु दिवसमा न्यूरोको सचेतना कार्यक्रम (फोटो)

उद्‌घोष संवाददाता
१४ असोज २०८१, सोमवार

विराटनगर । विश्व मुटु दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले आइतबार विराटनगरमा सचेतना र्‍याली गरेको हो । 

आइतबार विहान न्युरो अस्पतालको प्रांगणबाट शुरु भएको र्‍याली सिद्धार्थ चौक, अस्पताल चौक, जिल्ला प्रशासन चौक, गोल्छाचौक,  मेनरोड, ट्राफिक चौक, महेन्द्र चौक, संसारी माइस्थान हुँदै पुनः न्युरो अस्पतालमा पुगेर समापन भएको थियो ।

र्‍यालीमा न्यूरो अस्पतालका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भट्टराई, मुटु रोग विशेषज्ञ डा. राजन कर्ण लगायत न्युरो अस्पतालमा कार्यरत चिकित्सकहरु, नर्सिग स्टाफ र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

र्‍यालीमा सहभागीहरुले वजन घटाऔं, मुटु बचाऔं, तनाब हटाऔं, व्यायाम गरौं, मुटु बचाऔ, सक्रिय जीवनशैली, स्वस्थ मुटु लगायतका सन्देशमूलक प्लेकार्ड बोकेका थिए ।

१३ बर्ष अगाडि पूर्वाञ्चलकै पहिलो क्याथ सेवा सुचारु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले प्रत्येक बर्ष विश्व मुटु दिवस विभिन्न कार्यक्रमहरु गरि मनाउँदै आएको छ ।

मुटु सम्बन्धी एन्जियो ग्राफी, एन्जियोप्लाष्टी (स्टेन्ट हाल्ने), पेसमेकर (ब्याट्री हाल्ने) प्रत्यारोपयण लगायतका मुटु सम्बन्धी सबै उपचार चौबीसै घण्टा उपलब्ध रहेको अस्पतालले जनाएको छ । त्यसैगरि असोज १३ गतेदेखि १८ गतेसम्म अस्पतालमा मुटु सम्बन्धी निःशुल्क ओपिडी सेवा तथा जाँचमा २५ प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।

View : 7194

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved