Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले कोशी सम्पर्क मञ्चलाई एक बर्षे प्रशिक्षण

उद्‌घोष संवाददाता
८ असार २०८२, आइतवार

Advertisement

विराटनगर । नेकपा एमाले कोशी–काठमाडौं सम्पर्क मञ्चले नेता कार्यकर्तालाई प्रशिक्षण सुरू गरेको छ । 

मञ्चले पार्टी, सरकार र समाजका समसामयिक विषयमा जानकारी दिन हरेक शनिबार प्रशिक्षण दिने कार्यक्रम सुरू गरेको सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले बताए । 

उनले प्रदेश तहका नेता कार्यकर्तालाई १६ वटा विषय र जिल्ला तहका कार्यकर्तालाई ४ वटा विषयमा प्रशिक्षण सुरू गरिएको जानकारी दिए । सोही अनुसार शनिबार कोशी प्रदेश प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको जनाइएको छ ।

एक बर्षयता यस्तो प्रशिक्षण सुरू गरेपनि अब अझ प्रभावकारी रूपमा प्रशिक्षण दिने उनले बताए ।

‘हरेक शनिबार च्यासलमा करिब तीन घण्टा यो प्रशिक्षण हुन्छ’ उनले भने, ‘मार्गदर्शन सिद्धान्त, माक्र्सवाद, जनताको बहुलीय जनवाद र ऐतिहासिक भौतिकवाद, नेपालको भूराजनीति र कुटनीतिक सम्बन्ध जस्ता विषयमा नियमित रूपमा नेताहरूले प्रशिक्षण दिनुहुन्छ ।’

पार्टी उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य डा राजन भट्टराई, लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, प्राडा रमेश भट्टराई लगायतले प्रशिक्षण दिने जनाइएको छ ।

त्यस्तै स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रचारात्मक कामको महत्व र सूचना प्रविधिका क्षेत्रबारे जानकारी दिने जनाइएको छ ।

View : 480

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved