Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

विद्युत सेवा सुधार्न एकीकृत समाजवादी झापाको ज्ञापन

उद्‌घोष संवाददाता
१२ असार २०८२, बिहिवार

झापा । नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीको अगुवाइमा बिहीबार नेपाल विद्युत् प्राधिकरणका झापास्थित वितरण केन्द्रहरू अनारमनी, भद्रपुर, धुलाबारी, दमक, शनिश्चरे, शिवसतासी लगायतका स्थानहरूमा एकै समयमा ज्ञापनपत्र बुझाइएको छ ।

ती सबै वितरण केन्द्रमार्फत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ज्ञापनपत्र बुझाउँदै झापामा भइरहेको अघोषित लोडसेडिङ, असन्तुलित भोल्टेज, बारम्बार बत्ती जाने समस्या र त्यसबाट सर्वसाधारणले भोगिरहेको अकल्पनीय कष्टप्रति गम्भीर ध्यानाकर्षण गराइएको हो ।

कार्यक्रमबारे जानकारी दिँदै एकीकृत समाजवादी झापा जिल्ला अध्यक्ष बिपी भट्टराईले भने, ‘विद्युत् सेवा झापामा अत्यन्तै अनियमित अवस्थामा छ। बिना कुनै कारण झ्यापझ्याप बत्ती जाने, भोल्टेज तलमाथि हुने भइरहेको छ। जसले गर्दा जनता हैरान भएका छन् ।

हामीले जनताको आवाज उठाउँदै नेपाल विद्युत् प्राधिकरणमा औपचारिक रुपमा हाम्रो माग पुर्‍याएका छौं ।’

पार्टीले विद्युत् प्राधिकरणलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ र माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ ।

View : 407

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved