Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले उदयपुरको अध्यक्षमा पाँचजनाले दिए उम्मेदवारी

पूर्व सांसददेखि जिससका पूर्वप्रमुखसम्म चुनावी मैदानमा
१४ चैत २०८०, बुधवार

जिल्ला अधिवेशनमा दोस्रो कार्यकालका लागि भोट माग्दै वर्तमान अध्यक्ष परमेश्वर घिमिरे । तस्वीर: उद्घोष

विराटनगर । नेकपा एमाले उदयपुर जिल्ला कमिटीको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । 

मंगलबार एमाले केन्द्रीय बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नवौं जिल्ला अधिवेशनको उद्घाटन गरेपछि बुधबार मनोनयन दर्तादेखि मतदानसम्मको कार्यतालिका प्रकासित भएको थियो ।

सोही अनुसार नवौं अधिवेशनबाट अध्यक्ष बन्ने दाउमा वर्तमान अध्यक्ष परमेश्वर घिमिरेदेखि पूर्व प्रदेश सभा सदस्य बिमल कार्की, जिल्ला समन्वय समिति उदयपुरका पूर्वप्रमुख खड्ग बहादुर परियार, एमाले नेताहरु गोपाल खत्री र भागवत राउतले उम्मेदवारी दर्ता गरेका हुन् । 

एमालेका केन्द्रीय तहका नेताहरुले सर्वसम्मत् बनाउन प्रयास गरेपनि चुनावी माहौल बनेपछि उनीहरु मिलाउनेतिर भन्दा छिटो चुनाव गराउनेतिर केन्द्रीत भएको जनाइएको छ । 

जिल्ला कमिटीको उपाध्यक्षका लागि वर्तमान सचिव कालुमान लामासहित दिलबहादुर तामाङ र भरतबहादुर थापाले उम्मेदवारी दिएका छन् ।

सचिवमा युवा नेताहरु महेश रोका, टेकबहादुर राउत र शम्भु पौडेलको उम्मेदवारी परेको जनाइएको छ । 

खुल्ला उपसचिवका लागि हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी महिला उपसचिव पदका जिसस उदयपुरकी पुर्व उप्रमुख गंगा राई, कटारी नगरपालिकाकी वर्तमान उपमेयर गीता खड्का र त्रियुगा नगरपालिकाकी वर्तमान उपमेयर महेश्वरी राईले उम्मेदवारी दिएका हुन् ।

View : 329

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved