Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदर्शन चर्किएपछि विराटनगरमा कर्फ्यू

उद्‌घोष संवाददाता
२४ भदौ २०८२, मङ्गलवार

विराटनगर । जेनजी प्रदर्शन चर्किँदै गएपछि कोशी प्रदेशको राजधानी शहर विराटनगरमा कर्फ्यू लागेको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी इनद्रदेव यादवले मंगलबार कर्फ्यू आदेश जारी गरेका हुन् ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार कर्फ्यू लगाइएको प्रजिअ यादवले बताएका छन् ।

आदेश अनुसार प्रदेश सभा पुर्वमा नेपाल राष्ट्र बैंक, पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री कार्यालय उत्तरमा रोडशेष चोक, दक्षिणमा जतुवा चोक (कोभिड अस्पताल नजिक), मुख्यमन्त्री निवास (उत्तरमा रोडशेष, दक्षीणमा सिचाई मन्त्रालय जाने बाटो) जिल्ला प्रशासन कार्यालय उत्तरमा शनिहाट, दक्षिणमा टेलिकम जाने मोड पश्चिममा गोल्छा आँखा अस्पताल, बिराटनगर महानगरपालिका पुर्वमा शनिहाट चोक, उत्तरमा बिराटेश्वर मन्दिर, दक्षिणमा गोल्छा चोक, प्रदेश प्रमुख कार्यालय पुर्वमा नहर, पश्चिममा कोशी राजमार्ग, प्रदेश प्रमुख निवास उत्तर मदन नगर आवि, दक्षिण मानगढ खानेपानी, पश्चिममा नहर वरपरको ३०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो ।

विराटनगरमा प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकारीहरुले विराटनगर-३ पुष्पलाल चोकमा रहेको पुष्पलाल श्रेष्ठको शालिक तोडफोड गरेका छन् । उनीहरुले चोकमा टायर बालेर प्रदर्शन चर्काएका छन् ।

 

View : 684

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved