Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

टेलिकमले मनायो वार्षिकोत्सव

उद्‌घोष संवाददाता
२३ माघ २०८१, बुधवार

विराटनगर । नेपाल टेलिकमको कोशी प्रदेश कार्यालय विराटनगरले २१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । 

मंगलबार विराटनगरस्थित प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा प्रदेशका विभिन्न क्षेत्रका उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरूलाई सम्मान, २० वर्ष कार्य पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान तथा विभिन्न खेलकुदमा उत्कृष्ट हुने कर्मचारीहरूलाई मेडल वितरणलगायतका कार्यक्रम गरिएको हो ।

सो अवसरमा कोशी प्रदेशका विभिन्न कार्यालयमा कार्यरत १९ जनालाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ ।

यसैगरी गएको एक वर्षमा सबैभन्दा बढी रिचार्ज कार्ड खरिद गरी कारोबार गर्ने डिलरहरूमध्येबाट ग्यालेक्सी इन्टरनेशनल ट्रेड सेन्टर प्रालि, पहिलो दिन नै कम्प्लेन क्लियर गर्नेहरूमध्ये सबैभन्दा बढी प्रगति गर्ने दुर सञ्चार कार्यालय चन्द्रगढी, सबैभन्दा बढी लिज लाइन वितरण गर्ने दूर सञ्चार कार्यालय इलाम, बढी पूरानो आसामी असुल गर्ने दूर सञ्चार कार्यालय इटहरीलाई कदर पत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।  

नेपाल टेलिकमका निर्देशक विमलेश झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक निर्देशनालयका प्रबन्धक नारायणप्रसाद काफले, निर्देशनालयमा क्रियाशील यूनियनका अध्यक्षहरू, सेवा निवृत्त कर्मचारी समाज इटहरीका अध्यक्ष रूद्रबहादुर कंडेल, विभिन्न कार्यालयका प्रमुखहरूलगायतको उपस्थिति थियो ।

View : 311

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved