विराटनगर । विराटनगर–१३ स्थित कृपालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०–८१ को आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
गत आर्थिक वर्षमा संस्थाको ९५ लाख ६४ हजार ६ सय शेयर पुँजी रहेको संस्थाले १० करोड ९३ लाख ४६ हजार ७ सय ६३ रुपैयाँ एघार पैसा कुल कारोवार गरेको थियो ।
सो अवसरमा उत्कृष्ट कर्मचारी, ऋणी र बचतकर्तालाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष अमृत गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, विराटनगर–१६ का वडाध्यक्ष उद्धव भुजेल, मिल्स माविका प्रधानाध्यापक विन्दु लावती, संस्थाका सल्लाहकार संयोजक वीरेन्द्र कार्की, सल्लाहकार तीर्थराज घिमिरे, सविता देवान, प्रह्लाद वस्नेत लगायतको उपस्थिति थियो ।
View : 323
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved