काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।
धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए । उनमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।
View : 160
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved