Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

रेडक्रसको एम्बुलेसमा गाँजा तस्करी, चालकसहित दुईजना पक्राउ

उद्‌घोष संवाददाता
२० कार्तिक २०८२, बिहिवार

विराटनगर । मोरङ प्रहरीले गाँजा ओसार पसारमा संलग्न नेपाल रेडक्रस सोसाइटी सिरहाको एउटा एम्बुलेन्ससहित त्यसका चालक र अर्का व्यक्ति गरी दुईजनालाई पक्राउ गरेको छ ।

मोरङको जहदा गाउँपालिका–३ बाट लागू औषध गाँजा ओसार पसारका लागि प्रयोग गरिएको स. १ च ६५६ नम्बरको एम्बुलेन्ससहित चालक विराटनगर–५ का ३२ बर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्समा रहेको को ३१ प ८८८९ नम्बरको मोटरसाइकलका चालक जहदा गाउँपालिका–३ का ३२ बर्षीय दिलीप कुमार राजवंशी पक्राउ परेको जनाइएको छ ।

विशेष सूचना अनुसार बुधबार राती लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका–३ स्थितमा स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गरेको थियो । 

चेकजाँच गर्दा उक्त एम्बुलेन्सभित्र कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागू औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले बताइन् ।

पक्राउ परेका व्यक्तिहरू गाँजा ओसार पसारमा संलग्न रहेको जनाइएको छ ।

नियन्त्रणमा लिइएको एम्बुलेन्समा रेडक्रस सोइसाइटी सिरहा सुखिपुर उपशाखा भनि लेखिएको पाइएको छ । उक्त एम्बुलेन्स भारत सरकार उपलब्ध गराएको टाटासूमो कम्पनीको हो ।

View : 436

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved