Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

महानगरले गर्‍यो स्वास्थ्य प्रगति समीक्षा

उद्‌घोष संवाददाता
३० भदौ २०८१, आइतवार

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक स्वास्थ्य प्रगति समीक्षा कार्यक्रम शनिबार सम्पन्न गरेको छ । दुई दिनसम्म चलेको कार्यक्रममा महानगरभित्रका स्वास्थ्य संस्थाहरूको प्रगति, आन्तरिक गतिविधि र विभिन्न स्वास्थ्य सेवाहरूको विस्तृत समीक्षा गरिएको थियो ।

पहिलो दिन विराटनगरभित्रका स्वास्थ्य संस्थाहरूको प्रगतिमा केन्द्रित रहेर छलफल भएको थियो । दोस्रो दिन कोशी अस्पतालसहित अन्य सरकारी, निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक समिति संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा संयोजक डा. दिलिपकुमार यादव, तथ्यांक अधिकृत दीपक भट्टराई, प्रदेश स्वास्थ्य मन्त्रालयका विभागीय प्रमुख, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहता, जनस्वास्थ्य अधिकृत उत्सव पोखरेल, खोप अधिकृत खेहरु यादवसहित विभिन्न स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रमा भएका कार्यप्रगति र आगामी रणनीतिका विषयमा आ–आˆना धारणा राखेका थिए । 

कार्यक्रमको समापनमा विगत वर्षमा स्वास्थ्य क्षेत्रमा हासिल उपलब्धिहरूको मूल्याङ्कन गर्दै, आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाहका लागि रणनीति तय गरिएको स्वास्थ्य महाशाखाका प्रमुख डा यादवले जानकारी दिए । मेयर नागेश कोइरालाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा महानगरले कार्य गरिरहेको बताउँदै आएका छन् ।

View : 397

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved