Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सांसद सुहाङ नेम्वाङले लिए शपथ

उद्घोष सम्वाददाता
२६ वैशाख २०८१, बुधवार

काठमाडौँ । इलामको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् ।

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान÷ऐन÷नियमका सामग्री प्रदान गरेका थिए । 

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित रहेका थिए ।

यही वैशाख १५ गते सम्पन्न इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कालाई पराजित गरेका थिए ।

View : 54

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved